image
image
ओलम्पिक खेल्न  कल्पना अभ्यासमा

ओलम्पिक खेल्न कल्पना अभ्यासमा

काठमाडौँ, ८, साउन । टोकियो ओलम्पिक खेल्न जापान पुगेकी सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन् ।

टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै कल्पनाले अभ्यास सत्र सुरु गरेकी हुन् । आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिनको क्वारेन्टिनको समय अनिवार्य गरेको छ ।

यस अघि जुडोकी सोनिया भट्टले पनि अभ्यास सुरु गरिसकेकी छिन् । त्यस्तै महिनाको सुरुवातमा जापान पुगेका पौडीका खेलाडीद्धय गौरिका सिंह र एलेक्जेन्डर शाहले अभ्यासलाई निरन्तरता दिईरहेका छन् ।

कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । वाइल्ड कार्डबाट कल्पनाले ओलम्पिकको यात्रा तय गरेकी हुन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् । 

टोकियो ओलम्पिक औपचारिक रुपमा आज (शुक्रबार) बाट सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।