image
image

प्रधानमन्त्री देउवाले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्ने

काठमाडौँ  ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएका छन् ।

कांग्रेस पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रवार र शनिवार पार्टीको बैठक बालुवाटारमा राखेका थिए । तर पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पार्टीका बैठकहरु पार्टी केन्द्रीय कार्यालय सानेपा वा देउवा निवास बूढानिलकण्ठमा राख्न लागेका हुन् ।

त्यससँगै शुक्रवार बस्ने पार्टीको पदाधिकारी बैठक देउवा निवास बूढानिलकण्ठमा राखिएको छ ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने बताए ।

यसअघि एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै बैठकहरु प्रधानमन्त्री निवासमा नै राख्ने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।