image
image

साझा कार्यक्रम बनाइने

काठमाडौँ, प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार पाँच दलीय गठबन्धनको ‘म्यान्डेट’, मन्त्रिपरिषद् विस्तार, सरकारका साझा कार्यसूचीका विषयमा छलफल भएको छ ।

सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दल सरकारमा सहभागिताका विषयमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको छ । नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल जारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले कोटेश्वरस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँंग छलफल गर्नुभएको थियो ।

शीर्ष नेताहरूबीच सरकारमा गठबन्धन पार्टीको सहभागिता, सरकार सञ्चालनका लागि साझा कार्यसूची, सरकारको कामकारबाहीमा प्रभावकारिता, कोरोना महामारी नियन्त्रण, आर्थिक चलायमान बनाउने र यसअघिका संवैधानिक नियुक्ति बदर गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

काँग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन र प्रतिनिधि सभा पुनस्र्थापना गर्न सक्रिय गठबन्धन पार्टीका नेताहरूले केही दिनमै सरकारलाई पूर्णता दिई कोरोना महामारी नियन्त्रण, मनसुनजन्य विपत् व्यवस्थापन र आर्थिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको जनाएका छन् ।

सर्वोच्च अदालतको असार २८ को फैसलापछि प्रधानमन्त्री देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साता भएको छ । प्रधानमन्त्री देउवासहित पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार हुन बाँकी छ ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेपाल–खनाल समूहलाई पनि सरकारमा सहभागी हुन यसअघि नै आह्वान गरिसकेको छ । तर नेपाल–खनाल समूहले सरकारमा सहभागिताबारे निर्णय लिइसकेको छैन ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।