image
image

माधव नेपाल, उपेन्द्र यादव र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ५, साउन। एमाले एकताको संभावना धमिलिएपछि वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनका नेताहरुसँग छलफल तीव्र पार्नुभएको छ । सोही क्रममा नेता नेपालले आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ ।

नेताहरुबीच छुट्टाछुट्टै भेटवार्ता भएको बुझिएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड एकाबिहानै कोटेश्वर पुग्नुभएको हो । उहाँहरुबीच झण्डै एक घण्टा कुराकानी भएको बुझिएको छ ।

प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा पुग्नुभएको छ । यादवसँगको भेटमा पनि सरकारमा सहभागिता र विपक्षी गठबन्धनको निरन्तरताबारे छलफल भएको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।