image
image

२४ घण्टामा १८ सय बढी कोरोना संक्रमित थपिए, २१ सय बढी संक्रमणमुक्त

काठमाडौँ, २, साउन । बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । 

यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना भाइररस संक्रमण महामारीका कारण हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।  

हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।