image
image

५ हजारलाई रोजगारी दिँदै साओमी 

काठमाडौं । चीनको इलेक्ट्रोनिक्स कम्पनी साओमीले सन् २०२१ भित्र थप ५ हजार इन्जिनियरलाई रोजगारी दिने भएको छ । १० हजार भन्दा बढी इन्जिनियर कार्यरत साओमीलाई २०२१ मा हरेक इन्जिनियरको सपनाको कम्पनी बनाउने योजना छ ।

यही याेजना अनुरुप  कम्पनीले विभिन्न विधामा काम गर्ने इन्जिनियर लिन लागेकाे हाे । कम्पनीका सीईओ लेई जूनले एमआई फ्यानहरुसँग कुरा गर्दै साओमीले अनुसन्धान र नवप्रवर्तनमा काम गर्न जनशक्ति थप्न लागेकाे जानकारी दिए । उनले निरन्तर रुपमा अनुसन्धानको क्षेत्रमा लगानी बढाइरहेको समेत बताए । 

उनका अनुसार कम्पनीले सन् २०२० मा अनुसन्धान एवं विकास (आर एन्ड डी) का लागि १० बिलयन डलर अर्थात ११ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । सीईओ जूनले थप ३० देखि ४० प्रतिशत रकम यो वर्ष खर्च गरिने जानकारी दिए । यसकाे अर्थ कम्पनीले सन् २०२१ मा १३ अर्ब डलरदखि १४ अर्ब डलरसम्म अनुसन्धानका लागि खर्च गर्नेछ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।