image
image

विद्युतीय सवारीसाधनको जाँच उपकरण खरीद गरिँदै

काठमाडौँ माघ २६। नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन प्रति आकर्षण बढ्दो रहेको पाइन्छ । बढ्दो आकर्षणलाई मध्यनजर गर्दै फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको जानकारी दिएका छन् ।
 
उक्त उपकरण बाट सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी पाउन सकिने बताएका छन् । केन्द्रका प्रमुख रामचन्द्र पौडेलका अनुसार जाँच उपकरण चालू आर्थिक वर्ष बाट संचालनमा ल्याईने बताएका छन्। उनका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिन्छ । केही महिना पहिले ठेक्का सम्झौता भएकामा खरीद गरेर ल्याउने प्रक्रियामा रहेको उनले बताए। 
 
 मान्छेले हेरेर गरिने परीक्षण भरपर्दाे नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्नका लागि उपकरण खरीद गर्न लागिएको केन्द्रका प्रमुखले  बताएका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%
anger आक्रोशित
0%
depressed निराश
50%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।