वैदेशिक रोजगारीमा जानेलाई खोपको व्यवस्था मिलाउन आयोगको आग्रह
काठमाडौँ १ असार । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य देशले मान्यता दिएको कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै एक पटक मात्र लगाए हुने र गन्तव्य देशले पनि मान्यता दिएको खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।
यसका साथै आयोगले महामारीको बेलामा रोजगारीका लागि जाने नेपाली श्रमिकको मानवअधिकारको रक्षा गर्न पनि सरकारलाई भनेको छ । महामारीको समयमा रोजगारीका लागि विदेश जाने नेपालीलाई पर्न सक्ने कठिनाइ न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।