image
image

नेपाल एसियन च्याम्पियनसिप खेल्नबाट बञ्चित

काठमाडौँ १ साउन ।.फिलिपिन्समा आगामी भदौ १३ देखि २० सम्म आयोजना हुने २१ औं एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट नेपाल बञ्चित भएको छ।

जससँगै नेपाली महिला टिमले पहिलो पटक ठूलो प्रतियोगितामा बलिया टिमसँग प्रतिस्पर्धा  गर्ने मौका गुमाएको छ।

कोभिड-१९ को नयाँ भेरियन्टको अतिसंवेदनसिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ।


नेपाली खेलाडीहरुले ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि तयारी गरिरहेका थिए।यसका साथै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।