image
image

आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

काठमाडौँ ३० असार  ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 


यसअघि तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै सो मितिमा चुनावको मिति घोषणा गरेपनि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।