image
image

देउवासँग छलफलपछि माओवादीले मन्त्रीको टुंगो लगाउने

काठमाडैँ, २९, असार । नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मन्त्रीको नाम टुंगो लगाउने भएको छ।

माओवादी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देउवासँग छलफल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। अध्यक्ष दाहालले देउवासँग छलफल गरेपछि मन्त्रीको टुंगो लाग्ने माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “अध्यक्ष कमरेडले देउवाजीसँग कुराकानी गर्नुहुन्छ। त्यसको आधारमा आवश्यक निर्णय गर्छौं।”

अध्यक्ष दाहालले देउवासँग कस्तो मन्त्रिपरिषद् गठन गर्ने, कति जनाको बनाउने लगायतका विषयमा छलफल गर्ने उनले बताए। त्यसका आधारमा माओवादीले कति जना मन्त्री पठाउने टुंगो लाग्ने श्रेष्ठको भनाइ छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापनासँगै नेपाली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार आज साँझ ५ बजेभित्र देउवा प्रधानमन्त्री नियुक्त हुने भएका छन्। उनले आज पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ।

त्यससँगै, देउवाले माओवादी र जनता समाजवादी पार्टी ९जसपा०को सहभागितामा मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। जसपाले पनि मन्त्रीको टुंगो लगाउन आजै केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।