कोरोनाको दुई थरी खोप नलगाउन चेतावनी
काठमाडौँ, २९, असार । विश्व स्वास्थ्य संगठनले कोरोनाको दुई थरी खोप नलगाउन चेतावनी दिएको छ।संगठनका मुख्य वैज्ञानिक डा।सौम्या स्वामीनाथनले दुई थरी खोपको प्रयोगलाई ‘खतरनाक ट्रेन्ड’ समेत बताइन्।दुई थरी खोपको सम्भावित नतिजाबारे अहिलसम्म अनुसन्धान नभएको उनले स्पष्ट पारेकी छन्।
जर्मन चान्सलर र क्यानडाका प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमण महामारी विरुद्धका दुई थरी खोप लगाएपछि संगठनले यस्तो नगर्न भनेको हो।“यो खतरनाक ट्रेन्ड हो।हामीसँग दुई थरी खोप लगाउनेको डाटा छैन”,स्वामीनाथनले भनिन्।