image
image

सर्वोच्चद्वारा संविधान र लोकतन्त्रको जित भयो; महेन्द्रराय यादव

कामठाडौँ, २८, असार । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले देशमा पुनः एकपटक लोकतन्त्रको जित भएको बताएका छन् । सर्वोच्च अदालतले आज गरेको आदेशले जनतालाई न्यायालयमाथि विश्वास बढेको बताउँदै उनले संघीयता, लोकतन्त्र, समानुपातिक समावेशीलाई रक्षाका लागि अदालतको आदेश स्वागतयोग्य रहेको बताए । सर्वोच्च अदालतको आदेशसँगै केपी शर्मा ओलीको निरंकुश शासनको अन्त्य भएको बताउँदै उनले गठबन्धनले समृद्ध नेपाल बनाउनेको अभिभारा पुरा गर्ने बताए । 

गठबन्धनले सहमतिअनुसार सरकार सञ्चालन गरेर देशलाई निकास दिने बताउँदै उनले ओली सरकारले गर्न नसकेको काम आगामी गठबन्धन सरकारले गर्ने बताए । गठबन्धन सरकारले पुनः बजेट ल्याउनुपर्ने बताउँदै उनले अब देशमा देखिएको अन्यौलता अन्त्य गर्नुपर्ने बताए ।

उनले जसपामा रहेका नेताहरुलाई पनि एकजुट हुन आग्रह गरे । ओली नेतृत्वको सरकारमा सहभागी भएका सांसदलाई कारवाही गरिएको बताउँदै उनले त्यसबाहेकका सांसदहरुलाई एकीकृत हुन पनि उनले आग्रह गरे । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।