अदालतको सबै आदेश मान्दैनौं भन्दै सडकमा उत्रिए ओलीका समर्थक
काठमाडौं, २८, असार । अदालतले सरकार संसद विघटन बदर गरको फैसला गरेपछि प्रधानमन्त्री केपीशर्मा ओलीका समर्थक सडकमा उत्रिएका छन्। अदालतले दिएको सबै फैसला नमान्ने भन्दै उनीहरु सडकमा उत्रिएका हुन्।
अदालतले आज २८ घन्टा भित्र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र साउन ३ गते भित्र संसद बैठक बोलाउन आदेश दिएको छ। यसैगरी, प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई समेत बदर गरेपछि आक्रोशित ओलीका समथर्क सडकमा उत्रिएका हुन्।
सोमबार (आज)सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले देखाएको ब्यानरमा सबै फैसला मानिँदैन लेखिएका छन् ।