सोमबारदेखि कतार प्रवेशमा नयाँ नियम लागू हुने
काठमाडौँ २७ असार । सोमबारदेखि कतारले आफ्नो देश प्रवेशमा नयाँ नियम लागू गर्ने भएको छ । कतारले सोमबारदेखि लागू हुने गरी क्वारेन्टिन सम्बन्धी नयाँ नियम बनाएको छ ।
अब कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु पर्दैन । कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपलाई मान्यता दिईएको छ ।
नियम अनुसार कतार प्रवेश गर्नेले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै भएपनि लगाएको अवस्थामा होटेल क्वारेन्टिन बस्नु पर्दैन । त्यस्तै सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजनासँग यात्रा गर्दा अभिभावकले खोपको दुवै डोज लगाइसकेको अवस्था भए बच्चाले समेत खोप लगाएको मानिने निर्णय गरेको छ ।
कतारले मान्यता नदिएको खोप लगाउनेहरुले भने अनिवार्य १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ ।त्यस्तै अब कतारले पारिवारिक र पर्यटक भिसा पनि जारी गर्ने भएको छ ।