image
image

विश्वमा प्रत्येक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु

काठमाडौँ, २६, असार। बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ। अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनमा कोरोना भाइरस संक्रमण महामारीका कारणभन्दा पनि भोकमरीबाट मर्नेको संख्या ठूलो रहेको उल्लेख गरिएको छ। कोरोना भाइरस संक्रमण महामारीबाट विश्वमा प्रत्येक मिनेट सातजनाको मृत्यु हुने गरेको छ। कोरोना भाइरस (कोभिड–१९)संक्रमण कालमा विश्वमा सेनामाथि हुने खर्च ५१ अर्ब डलर बढेको तर भोकमरीमा परेका गरिबको सहयोगको लागि रकम जुट्न नसकेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।