अस्पतालमै सारियो धागो कारखानाको कोभिड आईसियु
काठमाडौँ, २६, असार । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पन्ध्र महिना पहिले अस्पतालदेखि झण्डै ३ किलोमीटर टाढा रहेको बुटवल धागो कारखानामा कोभिड आईसियु सञ्चाचालन गरेको थियो ।अस्पतालमा प्रयाप्त भौतिक संरचनाको अभावमा वर्षौदेखि बन्द रहेको धागो कारखानामा आईसियुसहितको कोभिड अस्पताल सञ्चालन गर्दा स्रोत साधन जुटाउन मात्र होइन जनशक्ति व्यवस्थापनको लागि पनि अस्पताललाई कठिन थियो।तर अहिले भने अस्पतालले आफ्नै परिसरमा सुविधासम्पन्न २० शैय्याको आईसियु थप गरेको छ।
कोभिडको संक्रमण नेपालमा फैलनुअघि ६ वटा मात्र आईसियु रहेको यो अस्पतालमा अहिले भने २० बेड थपेर २६ पुर्याइएको छ । त्यतिबेला ३ वटा रहेको भेन्टिलेटर संख्यालाइ २४ पुर्याइएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले कोभिडको दोस्रो लहरसम्म धागो कारखानामा चलाईएको कोभिड आईसियु शुक्रबारदेखि अस्पतालको आफ्नै भवनमा सारिएको बताए। आईसियु मात्र होईन कोभिड बिरामीको संख्या कम हुँदै गएपछि कोभिड एचडियु पनि अस्पतालकै भवनमा सारिएको खनालले बताए।
कोभिड वार्ड र आईसियुको अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले उद्घाटन गरेका छन्। उनले अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि बिरामिहरुलाई सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई सहज हुने बताए। यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले धागो कारखानामा कोभिड वार्ड सञ्चालन गरिए पनि अब भने अस्पताल परिसरमै संचालन हुँदा बिरामीहरुको उपचारमा समेत छिटो र सहज हुने उनले बताए ।
अस्पतालमा अहिले संचालन गरिएको कोभिड आईसियु र वार्डलाई अस्पतालको नयाँ स्थायी संरचना निर्माणपछि इमर्जेन्सी विभागको रूपमा प्रयोग गरिने डा। खनालले बताए।