image
image

सहमति नजिक पुगेको नेताहरूको दाबी

काठमाडौं - नेकपा एमालेभित्रको जारी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले विवाद समाधान हुनेतर्र्फ अगाडि बढेको दाबी गरेका छन् ।कार्यदलका सदस्य रघुजी पन्तले मुख्य विवादको बुँदामा केन्द्रित भएर छलफल भइरहेकाले केही दिनभित्र सहमतिको खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले गहिरो ढंगले विवाद समाधानका लागि सहमतिको खाका तयार गर्ने गरी छलफल गरिरहेको छौँ, अहिलेसम्मको छलफल सकारात्मक छ ।’

एमाले प्रवक्ता एवं कार्यदल सदस्य प्रदीपकुमार ज्ञवाली कार्यदलभित्रको छलफल सकारात्मकरूपमा अगाडि बढेको जिकिर गर्दै विवाद समाधान हुने बताउनुभयो । उहाँले मुख्य विवादको विषयमा केन्द्रित भएर छलफल भएका कारण पनि सहमति निर्माण गर्न सहयोग पुगेको बताउँदै पार्टीलाई एकताबद्ध बनाउने विषयमा मोटामोटी सहमति जुटिसकेको बताउनुभयो ।

बैठकपछि कार्यदलका सदस्य गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरूले चाहेकै भाषामा सहमति खोज्ने सवालमा नजिक आइपुगेको बताउनुभयो ।

कार्यदलमा प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन र माधव नेपाल समूहले अदालतमा बुझाएको हस्ताक्षरबारे मौन रहँदै सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ । तर, सहमतिको खाका भने तय भईनसकेको बैठकमा सहभागी एक नेताले बताए ।

कार्यदलका नेताहरूबीच सहमति गरेर अगाडि बढ्न सहमत भए पनि सहमतिमा कस्ता भाषा प्रयोग गर्ने भन्ने विषयमा अन्योल रहेको बताउँदै ती नेताले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराएर मात्र भाषाको टुंगो लगाइने गरी गृहकार्य भइरहेको बताए । दुई नेताबीच निर्णायक वार्ता गराएर मात्र विवाद समाधानको ठोस खाका ल्याउने तयारी कार्यदलमा भइरहेको छ ।
-नेपाल समाचारपत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।