image
image

ब्राजिल र अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा भिड्ने

काठमाडौँ, २३, असार । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना पेनाल्टीमा ३–२ गोलले विजयी बनेको हो ।निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलमा अर्जेन्टिनाले शुरुवातमा नै लाउटारो मार्टिनेजको गोलले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा लुइस डियाजले बराबरी गोल फर्काएका थिए ।

अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । अब शनिबार अर्जेन्टिनाले आफ्नो १५ औँ कोपा अमेरिकाको उपाधिको लागि चिर प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ । दुई टोली सन् २००७ पछि पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।