५८ क्वीन्टल ९० केजी अवैध प्लाष्टिकका सामान बरामद
बारा। अवैध रुपमा भण्डारण गरिराखेको ५८ क्वीन्टल ९० केजी प्लाष्टिकका सामानहरु प्रहरीले बरामद गरेको छ। भन्सार छली, चोरी पैठारी गरि अनाधिकृत रुपमा भण्डारण गरेको अवस्थामा सामान बरामद गरिएको हो।
पर्सा बीरगञ्ज महानगरपालिका बडा नं १० रानीघाटस्थित नाम नखुलेको व्यक्तिको टिनको छाप्रोमा खानतलासी गर्दा उक्त समान भेटिएको बारा प्रहरीले जनाएको छ ।
बरामद गरिएका प्लाष्टिकका सामानको मूल्य ५ लाख ८९ हजार रुपैंया बराबरको रहेको प्रहरीले जनाएको छ।