भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार संक्रमित थपिए
काठमाडौँ, २२, असार । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ७०३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ११ दिनपछि भारतमा दैनिक पहिचान भएका संक्रमित मध्ये यो सबैभन्दा कम संख्या हो। यस्तै, ५१ हजार ८६४ जना संक्रमण मुक्त भएका छन्।
भारतमा हाल ४ लाख ६४ हजार ३५७ सक्रिय कोरोना संक्रमित रहेका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५५३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कूल मृतकको संख्या ४ लाख ३ हजार १८२ पुगेको छ।