image
image

कोभिड–१९ को नियम तोडेको आरोपमा २१ हजार बढीलाई जरिवाना

काठमाडौँ, २१, असार । कोरोना भाइरस संक्रमण महामारीसँग जोगिनका लागि लागु गरेको नियम तोडेका आरोमा युनाईटेड अरब इमिरेट्सको शारजहा प्रहरीले यो जुन महिनाको अवधिमा २१ हजार २ सय ६६ जना मानिसलाई जरिवाना गरेको छ । प्रहरीले प्रमुख सैफ अल जेरी अल साम्सीले बतएअनुा कोरोना फैलिनसक्ने स्थान आवासीय, कर्मशियल तथा औधोगिक क्षेत्रमा सावधानी अपनाउँदा यो परिणाम आएको हो ।

स्वास्थ्य सुरक्षाका लागि खटिएको प्रहरीको युनिटले मास्क नलगाएर हिँडको थुप्रै व्यक्तिलाई जरिवाना गरेको हो । शारजहामा यो साधारण समस्या बनेको छ । यस्तै, भाडाको गाडीमा तीन जनाले यात्रा गरेको घटना पनि सामान्य बनेको थियो । शारजहकोे प्रशासनले कोरोना भाइरस संक्रमण महामारी विरुद्धको स्वास्थ्य नियममा कडाईका साथ लागु गर्न उच्च प्रविधि प्रयोग गरेको थियो ।

प्रहरीले ज्वरो तथा फ्लुको लक्षण देखिएका मानिस इन्डोरमा मास्क नलगाई घुमिरहेका अवस्थामा धेरैलाई फेला पारेका थिए । प्रहरी प्रमुख साम्सीले कोरोना भाइरस संक्रमण महामारी विरुद्धको स्वास्थ्य अभियानलाई आफुहरुले जारी राखेको र मानिसलाई जागरुक बनाउनका लागि कार्यक्रम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।