अब भूमि विवरण डिजिट प्रणालीमा
काठमाडौं माघ २४ । आज भूमि समस्या समाधान आयोगले एक कार्यक्रमका विच भूमि समस्या समाधान सूचना प्रणाली शुभारम्भ गरेको छ।उक्त प्रणालीको शुभारम्भ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले गरकी हुन् ।
यो सूचना प्रणाली आयोगले नक्सा प्रालिको प्राविधिक सहयोगमा तयार गरेको हो। प्रणालीलाई तुरुन्तै सम्पूर्ण स्थानीय तहमा लागू गरिने जानकारी आयोगले दिएको छ। भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री तुम्बाहाम्फेले भूमिहीन सुकुमबासीलाई जमिन उपलब्ध गराउने काम सरकारको उच्च प्राथमिकतामा परेकाले तीव्र गतिमा अघि बढाउन सुझाव दिएकी छिन्।
यो प्रणालीमा स्थानीय तहमा संकलन गरेका तथ्यांक र आवश्यक कागजात प्रविष्ट गर्ने व्यवस्था छ। उक्त प्रणालीले प्रणाली लागू भएपछि यसरी प्राप्त तथ्यांक विश्लेषण गर्न मद्दत पुग्नुका साथै अव्यवस्थित बसोबासीहरूको जग्गा वर्गीकरणमा समेत सघाउ पुग्ने अनुमान छ ।प्रणालीले एउटै कामका लागि पटक पटक खर्च गरिरहनुपर्ने बाध्यता समेत हटाएर खर्च कम गर्नमा पनि मदत गर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन्।