image
image

सारियो वाग्मती प्रदेशसभाको बैठक

मकवानपुर २० असार । वाग्मती प्रदेशसभाको आज ११ः०० बजे बस्ने भनिएको बैठक बजेट विनियोजित शीर्षकमा छलफलका लागि सत्तारुढ दल र प्रतिपक्षकाबीच सहमति कायम गर्ने उद्देश्यले आजै अपराह्न ३ः०० बजे बस्ने तयारी भइरहेको छ ।

शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजित बजेटको क्रमागत मन्त्रालयको विषय वस्तुसँग छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्ष र प्रतिपक्षले बजेट तथा योजना बाँडफाँटमा पक्षपात र सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै बैठक सञ्चालनमा अवरोध पु¥याइएको थियो ।


सोही बैठकमा प्रतिपक्ष दलले प्रदेश सरकारले प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली, चितवनका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमा अनुदान रकम पठाइएको र सो रकमले ती पीडित परिवारलाई तत्काल उद्धार राहत सामग्री वितरण नगरिएको आरोप लगाएको थियो ।


जिल्ला प्रशासन कार्यालयमा पठाइएको उक्त राहतको रकम सिधै स्थानीय तहलाई पठाउनुपर्ने माग गर्दै सरकारले ल्याएको बजेटमा भीमफेदी कुलेखानी सुरुङमार्गको निर्माण, विद्युतीय बस खरीद गर्ने प्रक्रिया रद्द गरिनुपर्ने प्रदेशसभा सदस्यले धारणा राखे ।

त्यस्तैगरी सरकारको स्वामित्वमा रहने गरी प्रदेशमा आमसञ्चार गृह सञ्चालन गर्दा जनहित र संवैधानिक प्रक्रियामा आँच पुग्ने हुँदा सो प्रस्ताव फिर्ता लिनुपर्ने उनीहरुले माग गरे । प्रदेशसभाको बैठक आज सञ्चालन भएमा शनिबार स्थगित गरिएको मन्त्रालयगत रुपमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसम्बन्धी विषयमा छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।