image
image

दोलखामा भेरोसील खोपको दोश्रो मात्रा असार २५ गतेबाट लगाइने

काठमाडौँ, २०, असार । दोलखामा (कोभिड १९) कोरोना भाइरस विरुद्धको भेरोसील खोपको दोश्रो मात्रा असार २५ गतेबाट लगाइने भएको छ । स्वास्थ्य कार्यालय दोलखाले सुचना जारी गर्दै जिल्लाको ९ वटै स्थानीय तहका खोप केन्द्रहरुमा असार २५ गतेबाट २७ गते सम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

कार्यालयले भीमेश्वर नगरपालिकाको चरिकोट अस्पतालमा असार २५, २६ र २७ गते नै खोप लगाइने र वडाहरुमा २५ र २६ गते मात्रै खोप लगाउने जनाएको छ । त्यसैगरि कालिन्चोक गाउँपालिकाको ६ वटा खोप केन्द्रमा र विगु गाउँपालिकाको ६ वटा खोप केन्द्रमा २५ र २६ गते खोप लगाइनेछ ।

गौरिशंकर गाउँपालिकाको ५ वटा खोप केन्द्र, जिरी नगरपालिकाको ४ वटा खोप केन्द्र, तामाकोसी गाउँपालिकाको ६ वटा खोप केन्द्रमा र वैत्यश्वर गाउँपालिकाको ६ वटा खोप केन्द्रमा २६ र २७ गते खोप लगाइनेछ ।

यसैगरि मेलुङ गाउँपालिकाको ५ वटा खोप केन्द्रमा र शैलुङ गाउँपालिकाको ४ वटा खोप केन्द्रमा २५ र २६ गते कोरोना भाइरस विरुद्धको भेरोसील खोपको दोश्रो मात्रा लगाइनेछ । खोप लगाउन जाँदा अनिवार्य रुपमा खोप कार्ड लगेर जान स्वास्थ्य कार्यालय दोलखाले भनेको छ ।

यसअघि जेठ २६ गते देखी ३० गते सम्म जिल्लाका ६३ र ६४ वर्ष उमेर समुहका व्यक्ति र छुटफुट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतलाई भेरोसील खोपको पहिलो मात्रा लगाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।