राप्रपा महाधिवेशन २७-३० कात्तिकमा गर्ने निर्णय
काठमाडौँ १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ। शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले २७–३० कात्तिकमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष कमल थापाले बताए। यसअघि जेठमा गर्ने तय गरिएको थियो।
कोभिड–१९ का कारण जेठमा हुन नसकेको महाधिवेशन कात्तिकमा गर्ने निर्णय गरिएको थापाले बताए। आजको बैठकले महाधिवेशन कार्यतालिका पनि पारित गरेको छ।
जस अनुसार, वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौसम्म गरिने भएको छ। त्यस्तै, सक्रिय सदस्यता वितरण ७ असोजसम्म गर्ने तय गरिएको छ।
यससँगै प्रदेश अधिवेशन पनि १५ असोजसम्म सक्ने निर्णय गरिएको छ। निर्देशन समितिको बैठकमा अध्यक्षत्रय थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी उपस्थित थिए।