देशकै दोस्रो ठूलो खानेपानी आयोजनामा काम धमाधम, भौतिक प्रगति ३१%
काठमाडौं माघ २४ ।पोखरामा देशकै दोस्रो ठूलो खानेपानी आयोजनाको काम धमाधम भईरहेको छ ।कोरोना भाईरसका कारण लामो समयसम्म रोकिएको काम आहिले पूर्ण क्षमतामा काम भईरहेको छ । कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएकोमा अहिले भौतिक प्रगति ३१ प्रतिशत पुगेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा पोखराका लागि निर्माणाधीन खानेपानी आयोजना सम्झौताअनुसार पूरा गर्न अब ६ महिनाको मात्रै समय बाँकी छ। पछिल्लो समय निर्माणको कामले तीव्रता पाए पनि निर्धारित समयमा पूरा गर्न गाह्रो पर्ने देखिएकाले आयोजनाको म्याद थपको प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ।
अहिले मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन उपभोक्ताका घरघरमा पठाउने गरिएको छ। मुहानबाटै पानी शुद्धीकरण गरेर पिउनयोग्य बनाउने लक्ष्यसहित जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना निर्माण गरिरहेको हो।
आयोजनाका डेपुटी परियोजना प्रबन्धक एवं खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीका अनुसार हाल आयोजनामा ४०० जनाले काम गरिरहेका छन्। उक्त परियोजना बाट पोखरा महानगरका १९ वटा वडाका ४ लाख ५ हजार ८८९ जनसंख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ ।