राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछि
काठमाडौँ, १७, असार । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको हो । एन्फाले खेलाडीको प्रशिक्षण अर्को साता मंगलबारबाट सुरु हुने बताएको छ ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफका लागि एन्फाले ५० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले राष्ट्रिय टिम र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा खेलाडीको गरेको प्रर्दशनको आधारमा खेलाडीको सूची तयार पारेका थिए ।
उनले मोफसलका केही खेलमा समेत खेलाडीको प्रर्दशन नियालेका थिए । सोही अनुसार उनले साफका लागि भन्दै ५० खेलाडीलाई राष्ट्रिय टिममा बोलाएका थिए । प्रशिक्षण जुलाई १ अर्थात आजबाट सुरु हुने भनिएको थियो । प्राविधिक कारण देखाउँदै एन्फाले प्रशिक्षणलाई एक साता पछि सारेको छ ।









