image
image

गण्डकीमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन

काठमाडौं, १३, असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् । उनले आइतबार पदभार ग्रहण गरेकी छन् ।दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन् । उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दाबी गरेका छन् ।

गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त पोखरेलले चार मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा उनीहरुको मन्त्रालय तोकिएको थिएन । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

जनमोर्चा भने सरकारमा सहभागी छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।