ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ विक्री खुला
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गते (आज) देखि सर्बसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) विक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको हो ।
यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आईएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।