image
image

माधव नेपाल समूहका जीवन राईको नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुधवार निर्वाचन आयोगमा दर्ता भएको छ। 

आयोगले नेकपा (एकीकृत) दर्ता गरी कलम चिह्नसहितको प्रमाणपत्र राईलाई प्रदान गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको सोमबार बसेको बैठकले नेकपा एकीकृत दर्ता गर्ने निर्णय गरेर बुधबार दर्ता प्रमाणपत्र प्रदान गरिएको हो। 

आयोगका अनुसार उक्त पार्टीको दर्ता नम्बर १ सय ६३ छ। अध्यक्ष राईसहित उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुवर र कोषाध्यक्ष शुशील खनाललगायतको तदर्थ समिति बनाएर उनीहरूले वैशाख ७ गते दल दर्ताका लागि निवेदन दिएका थिए।
-नागरिक दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।