युरोकप सेमिफाइनल र फाइनलमा ६० हजार दर्शकले प्रवेश पाउने
काठमाडौँ, ९, असार । युरोकप २०२० अन्तर्गत लण्डनस्थित वेम्वलीमा हुने सेमिफाइनल र फाइनल खेल हेर्नका लागि ६० हजार दर्शकले स्टेडियममा प्रवेश पाउने छन् ।
बेलायत सरकारले अन्तिम तीन खेलका लागि दर्शकको संख्या बढाउने निर्णय गरेको हो । जसअनुसार सेमिफाइनल र फाइनलमा ६० हजारभन्दा बढी दर्शकले स्टेडियममा खेल हेर्न पाउनेछन् ।
बेलायत सरकारले वेम्वलीको क्षमताको ७५ प्रतिशत समर्थकलाई अनुमति दिने निर्णय गरेको यूईएफएले जनाएको छ । स्टेडियममा प्रवेश गर्ने सबै दर्शकले कोभिड(१९ को रिक्वायरमेन्ट पालना गर्नुपर्नेछ ।
युरोकपको सेमिफाइनल खेल जुलाई ६ र ७ तथा फाइनल जुलाई ११ मा हुनेछ ।