ओली समूहको सभाका लागि दरवारमार्गमा हटाइयो डिभाइडर
काठमाडौँ माघ २२ । आज काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा राखिएको डिभाइडर हटाइएको छ। आज बिहान दरबारमार्ग विकास बोर्ड र काठमाडौं महानगरपालिकाले सो डिभाइडर हटाएको हो।
भोलि प्रधानमन्त्री ओलीले गर्ने सभाका कारण भिडभाड नहोस् भन्दै डिभाइडर हटाइएको बोर्डका एक कर्मचारीले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सभामा मानिसहरूलाई हिँड्डुल गर्न, भीडभाड होला भनेर सहज बनाउन हटाइदिन भनेर महानगरपालिकाले आग्रह गरेको थियो।
करिव तीन सय मिटर लामो सो डिभाइडर पुन: राख्न मिल्ने खालको भएको कारण भोलिको लागि हटाईएको हो ।