image
image

३५ जना भन्दा बढिलाई क्याम्पमा बोलाउने प्रचलनलाई प्रशिक्षक अब्दुल्लाहले तोडे

काठमाडौँ, ८, असार । अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसिप र एशियन कप छनौटको तेस्रो चरणका लागि पहिलो चरणमा ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुबै प्रतियोगिताका लागि पहिलो चरणमा ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन । 

जसमा टिमको प्रशिक्षण जुलाई एक तारिखबाट सुरु हुने भएको छ । प्रशिक्षणमा बोलाइएका खेलाडीलाई दुई समुहमा विभाजन गरेर प्रशिक्षण गराइने भएको छ । जसमा विहान १० बजे एक समुह र साँझ चार बजे अर्को समुहले प्रशिक्षण गर्नेछन । 

यसअघि कुनैपनि प्रतियोगिताका लागि ३५ जना भन्दा बढिलाई क्याम्पमा बोलाउने प्रचलनलाई प्रशिक्षक अब्दुल्लाहले तोडेका छन । 
प्रशिक्षक अब्दुल्लाले पहिलो चरणमा बोलाएका खेलाडीको सूचीमा ६ जना गोलकिपरलाई राखिएको छ । जसमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दिप कार्की, किरण चेम्जोङ छन ।

बाँकी खेलाडी - आशिष लामा, अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवी पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।

बंगलादेशमा हुने साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने तालिका रहेको छ । 




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
75%
perfect उत्तम
0%
surprise अचम्म
25%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।