image
image

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य भएको छ । प्रदेशसभामा बाँकी कार्यकाल उनले नेतृत्व गर्ने छन् ।

पोखरा सभागृहमा शुक्रबार संसदको आठौं अधिवेशनअन्तर्गत १६ औं बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको हो । सो संख्या प्रदेशसभाका ५९ सदस्यमध्ये बहुमत हो । सभामुख नेत्रनाथ अधिकारीले संसदमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

पोखरेल सरकारले सत्ता निरन्तरता दिन उनको लागि बहुमत अर्थात कम्तीमा ३० मत आवश्यक थियो । प्रस्तावको विपक्षमा भने २७ मत खसेको छ । विपक्षमा मत दिने सबै नेकपा एमालेका सांसद हुन् । संसदमा मतविभाजनको बेला ५८ सांसद उपस्थित थिए । माओवादी केन्द्रनिकट सभामुख अधिकारीले मत विभाजनमा भाग नलिएका हुन् ।

यसअघि कुल ६० सदस्यमध्ये जनमोर्चाका सांसद कृष्ण थापा सर्वोच्चको आदेशले पदमुक्त भएका थिए । गत २९ जेठमा संविधानको १६८ (५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकोले पोखरेलले एक साता नबित्दै विश्वासको मत लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।