image
image

"वैदेशिक लगानी भित्रिए किसानलाई मार पर्छ"

काठमाडौँ । नेपाल डेरी एशोसिएशनले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिए किसानमात्र नभई राष्ट्र नै प्रभावित हुने जनाउँदै देशको अर्थतन्त्र भरथेग गर्दैै आएको कृषि क्षेत्रमा वैदेशिक लगानी अनुपयुक्त भएको बताएको छ ।

एशोसिएशनले आज विज्ञप्ति निकालेर कृषि आधारित उद्योगले बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्ततः ती धराशायी हुने चिन्ता व्यक्त गर्दै कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन सरकारसँग अग्रह गरेको छ ।

माहुरीपालनमा रु चार अर्ब, माछापालनाम रु ११ अर्ब, डेरी उद्योगमा रु ३० अर्ब, ‘पोल्ट्री’मा रु एक खर्ब २५ अर्ब केराखेतीमा रु तीन अर्ब लगानी भएको तथा ३५ लाखभन्दा बढी किसान तथा श्रमिक मुलकको कृषि क्षेत्रमा आश्रित भएकाले राष्ट्रिय कृषि अर्थतन्त्रलाई जोगाउन कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने निर्णय फिर्ता लिनुको विकल्प नरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।