image
image

शिक्षकले लगाउन पाएनन् कोभिशिल्ड दोस्रो खोप

काठमाडौँ, २, असार । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड दोस्रो खोप लगाउने कार्यमा जिल्लाका शिक्षकहरुलाई विभेद भएको भन्दै शिक्षकहरुको गुनासो बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार असारको १ र २ गते कपिलवस्तु अस्पताल र शिवराज आधारभूत अस्पतालमा दोस्रो चरणको कोभिसिल्ड खोप लगाउने कार्य शुरु भएको छ ।

दोस्रो खोप जिल्लाका स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी, सरकारी कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वैंक तथा वित्तिय संस्था, सार्वजनिक संस्थान तथा प्राधिकरणका कर्मचारी, पत्रकार, एम्बुलेन्स तथा शव बाहन चालकलाई लगाइने सूचना गरिएको छ । तर विद्यालय शिक्षक तथा क्याम्पस प्राध्यापकहरुलाई भने यो खोप लगाउने व्यवस्था गरिएको छैन । पहिलो खोप लगाएर दोस्रो खोप लगाउन बाँकी रहेका शिक्षकहरुले यस पटक खोप लगाउन नपाउँदा आफूहरुलाई जिल्ला कोभिड १९ खोप व्यवस्थापन समितिले विभेद गरेको उनीहरुको आरोप छ । 
सरकारले असार १ गते बाट नयाँ शैक्षिक सत्र २०७८ को प्रारम्भ गर्न सबै विद्यालयहरुलाई निर्देशन दिइसकेको छ । विद्यालयहरु पनि भर्ना अभियानको तयारीमा छन् । भदौ १ गतेबाट कक्षा ११ को अध्यापन शुरु गर्ने तयारीमा विद्यालयहरु जुटेका छन् । तर कोभिशिल्ड खोपको दोस्रो डोज शिक्षकहरुलाई उपलब्ध नगराउँदा शिक्षकहरुसँगै आम विद्यार्थी र अभिभावकहरु समेत कोरोना संक्रमणको उच्च जोखिममा पर्ने खतरा बढेको भन्दै जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुले दोस्रो डोजको खोप आफुहरुलाई पनि लगाउन अवसर दिनुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।