image
image

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३९ सयको मृत्यु, ७० हजार संक्रमित थपिए  

काठमाडौँ, ३१, सोमबार । भारतमा पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरस संक्रमणबाट ३ हजार ९२१ जनाले ज्यान गुमाएका छन् । पछिल्ला केही दिनदेखि भारतमा दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको देखिएको छ । सोमबारको तथ्यांक अनुसार भारतमा ७० हजार ४२१ संक्रमित थपिएका छन् ।

एकैदिनमा यति मानिस संक्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा यहाँ १ लाख १९ हजार ५०१ डिस्चार्ज भएका छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख भन्दा बढी रहेको छ भने २ करोड ८१ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ ।

भारतमा अहिलेसम्म ३ लाख ७४ हजार ३०५ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ७३ हजार १५८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।