image
image

काठमाडौँ महानगरभित्र रोकिएको कोभिड खोप भोलिदेखि सुचारु

काठमाडौँ, ३०, आइतबार ।  ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ महानगरपालिकाले रोकेको खोप पुन; सुचारू गर्ने भएको छ । यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि २८ गतदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो ।

वडा(वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओलीले इकागजलाई जानकारी दिए । उनका अनुसार वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।

काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुन; खोप सञ्‍चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको ओलीले जानकारी दिए । १० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिन्छ, उनले भने, लगाउने मिति सम्मभवतः भोलि वा पर्सिदेखि सुरू हुन्छ । खोप लगाउने मिति सम्भवतः आज सार्वजनिक गर्छौ ।

यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्‍चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो । तीन दिनमात्र खोप लगाएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ ।

महानगरले गत मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकेर खोप कार्यक्रमको  तालिका सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।