image
image

अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा

चितवन २९ जेठ : चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उहाँको दिनचर्या समाज सेवामानै बित्ने गरेको छ ।

उहाँले भन्नुभयो, “निषेधाज्ञाले खाननै धौधौ भएको सुनेपछि मलाई त्यसै बस्न मन लागेन”, क्यालिफोर्नियामा रहेको सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष सापकोटाले त्यहाँका हालका समितिका साथीहरुलाई अनुरोध गरेर सहयोगको आव्हान गर्नु भयो । त्यहाँ सङ्कलन भएको सहयोगले यहाँ समाज सेवामा उहाँ जुटिरहनु भएको छ । काभ्रे पनौतीमा घर भएका सापकोटाले काभ्रेमै दृष्टिबिहिनहरुका लागि रु १ लाख खर्च गरेर इनार व्यवस्थापन गरिदिनु भएको छ । त्यसै गरी ठमेलका रिक्सा चालक, बाफल, चावहिल, जोरपाटी लगायतका क्षेत्रमा तीन सय परिवारलाई राहात बितरण गरेको उहाँको भनाइ छ ।

राप्ती नगरपालिका वडा नम्बर १३ मा एक सय पचास चेपाङ् परिवारलाई उहाँकै नेतृत्वमा आज राहत बाँडिदै छ । उहाँको भनाइमा हालसम्म रु १२ लाख हाराहारीको राहत बितरण भईसकेको छ । राहत बितरण कार्य जारिनै राख्ने उहाँको योजना रहेको छ । उहाँले भन्नुभयो, “हामीले अलीअली बचाएर राखेको पैसामा नेपाल आमालाई दुख्दै गर्दा केही गरौं भन्ने अभिप्रायले समाज सेवामा जुटेका हौं ।” नेपालमा रहँदा हरिमाई फाउण्डेसनका अर्जुन तिमिल्सिना, राजेन्द्र तिमिल्सिना, प्रदिप सापकोटा, विश्व केसी, प्रकाश तिमिल्सिनाको साथ लिएर अभियानमा लागेको उहाँले जानकारी दिनुभयो ।


यस अघि भूकम्पको समयमा सन्नी सगरमाथाकै नेतृत्वमा अमेरिकामा रहेका नेपालीका २८ वटा संघ संस्था मिलेर यहाँ सहयोग गरिएको थियो । सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ्, गोरखा र तनहुँमा जस्तापाता बितरण गरेको उहाँले बताउनुभयो । सापकोटाकै नेतृत्वमा सन्नीका प्रतिनिधि नारायण खनाल, दिपेन्द्र तिमिल्सिना लगायतको टोलीले राहत बाँडेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।