जडीबुटी भण्डारण नहुँदा समस्या
काठमाडौँ २८ जेठ - कालीकोटमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या हुने गरेको छ । पर्याप्त जडीबुटी पाइने भए पनि अहिलेसम्म सरकारीस्तरबाट सङ्कलन र भण्डारणका लागि कुनै पहल नहुँदा जडीबुटी खेर जाने र विदेशमा अवैध निकासीसमेत हुने गरेको छ ।
कर्णालीमा १४७ जातका बुडीबुटी पाइने अनुमान गरिए पनि प्रशोधन त परको कुरा सङ्कलन र भण्डार गर्ने ठाउँसमेत नभएको तथा भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । यहाँका अधिकांश जडीबुटी बाह्य देशमा निकासी हुने गरेको कर्णाली जडीबुटी उत्पादक सहकारी संस्था तथा प्रशोधन उद्योग कालीकोटका अजबहादुर गिरीले बताउनुभयो । “सरकारले जडीबुटी सङ्कलन र प्रशोधनमा ध्यान नदिँदा यहाँको जडीबुटी विदेशमा कौडीको भाउमा जान्छ”, उहाँले भन्नुभयो, “आफ्नै लगानीमा गरिएको सङ्कलन र प्रशोधनले जति गुणस्तर कायम हुनुपर्ने त्यो राख्न भने चुनौती हुन्छ ।”