image
image

नर्भिकको ओपीडी आइतबारदेखि संचालनमा आउने

काठमाडौँ २८ जेठ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको ओपिडी सेवा पूर्ण रुपमा पुनः संचालनमा ल्याउने भएको छ । कोभिड १९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो । 

कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने नन्कोभिड बिरामीहरुको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको संख्या घट्नु र अन्य बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल संचालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सुचारु गर्ने भएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।