image
image

एप्पल अपरेसनले भारतमा ल्यायो २० हजारलाई रोजगारको अवसर

काठमाडौँ, २८, शुक्रबार । भारतमा रहेको एप्पल अपरेसनले करिब बीस हजारलाई रोजगारको अवसर सिर्जना गरेको छ। एप्पल इन्साइडरका अनुसार एप्पलका उपकरणको माग बढ्दै गएपछि यसको उत्पादनको लागि कर्मचारीको संख्या थप गर्नुपर्ने भएकोले भारतका एप्पल आपूर्तिकर्ताहरुले सन् २०२२ को मार्चसम्ममा रोजगारी बढाउने प्रतिबद्धता जनाएका हुन्। 

एप्पलको आपूर्ति चेन निकै ठूलो छ र उपकरण उत्पादनका लागि वर्षौँदेखि चीनमा निर्भर हुँदै आएको छ। बिस्तारै आफ्ना रेगुलेटर, सेयर होल्डर र विश्वव्यापी राजनीतिको दबाबका कारण एप्पलले अर्को आपूर्तिकर्ता भारतलाई बनाएको हो। 

हाल भारतमा एप्पलको उपस्थिति बढ्दै जाँदा यसमा कामको अवसरहरु पनि बढिरहेको छ। डिजिटाइम्स एसियाको एक रिर्पोट अनुसार कम्पनीले अहिलेसम्म भारतमा बीस हजार रोजगारी थपेको छ। 

यी रोजगार अवसरहरु एप्पलका उपकरण उत्पादन गर्ने आपूर्तिकर्ताहरुले सिर्जना गरेका हुन्। एप्पललाई उत्पादन प्रदान गर्ने आपूर्तिकर्ताहरुको संख्या सन् २०१८ मा छवटाबाट बढेर सन् २०२० मा नौवटामा बढेको थियो। 

यदी कोरोना भाइरस संक्रमणको महामारी नभएको भए भारतमा एप्पलको रोजगारी अझ बढी हुने थियो। भारतमा देखिएको कोरोनाको दोस्रो लहर त्यहाँ श्रम अभावको कारण रहेको एप्पल इन्साइडरले बताएको छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।