छिस्ती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, २८, शुक्रबार । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा रहेको छिस्ती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।कोरोना भाइरस संक्रमण महामारीका बेला अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाजर लगायतका स्वास्थ्य सामग्री अभाव नहोस् भनेर तरुण दल बागलुङका उपाध्यक्ष कृष्ण पौडेलले व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
विहीबार स्वास्थ्य चौकीमा वडाअध्यक्ष वडा अध्यक्ष श्विजय शर्मा अधिकारीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । आफू जन्मेको ठाउँमा ३ थान अक्सिजन सिलिन्डर ,माक्स ,सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।त्यस्तै, समाजसेवी दुर्गाप्रसाद ज्ञावलीले पनि पीपीई सेट ६ पिस, माक्स लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
केही दिन अघि पनि आईएमई फाउण्डेसनद्धारा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनटेटर म्याक्स लगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।