image
image

कोषमा आबद्ध नभएकोमा कारबाही

काठमाडौँ, सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने गोरखा ब्रुअरी प्रालिलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको उक्त कम्पनीका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त कम्पनीलाई कोषले कारबाहीमा गरेको हो ।


उक्त कम्पनीमा कार्यरत रामबहादुर सार्कीको मृत्युपछि निजले मासिक रूपमा लिँदै आएको २२ हजार ४२ रुपियाँ पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्र्तगतको पेन्सन रकम दाबीसहित परिवारले गएको केही दिनअघि कोषमा उजुरी गरेका थिए । मृतक सार्कीकी श्रीमती लक्षमाकुमारी सार्कीले उक्त कम्पनीमा कार्यरत रहँदै गर्दा श्रीमान्को मृत्यु भएकाले आश्रित परिवार सुविधा पाउनुपर्ने माग गर्नुभएको थियो । उक्त कम्पनीमा कार्यरत सार्कीको २०७७ भदौ २९ गते मृत्यु भएको थियो ।

कोषको हिसाबअनुसार मृतककी श्रीमती वा निवेदकको जन्म २०२७ असार २८ भएको र नेपालको औसत आयु ७१ वर्षलाई आधारमा मृतकको आधारभूत तलब २२ हजार ४२ रुपियाँको ६० प्रतिशतले एकमुष्ट हुन आउने ३३ लाख छ हजार ३०६ रुपियाँ र अन्तिम संस्कार खर्चबापत २५ हजार गरी कुल ३३ लाख ३१ हजार ३०६ रुपियाँ उपलब्ध गराउनुपर्ने हुन्छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मीले दाबीअनुसार जम्मा हुन आउने उक्त रकम तोकिएको समयमा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई कोषलाई जानकारी गराउन कोषले बुधबार उक्त कम्पनीलाई पत्रमार्फत निर्देशन जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा ऐनमा गरिएको व्यवस्थाअनुसार मृतकलाई कोषले तोकेको अवधिभित्र सूचीकरण नगराएको हुँदा यो रकम स्वयं रोजगारदाताले नै बेहोर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम कोषले उक्त कम्पनीलाई निर्देशन दिएको हो । पटकपटक कोषमा आबद्ध हुन आग्रह गर्दा पनि बैङ्क तथा वित्तीय संस्था कोषमा आबद्ध नभइरहेका बेला यसअघि पहिलो पटक सनराइज बैङ्कमाथि कारवाही गरिसकेको कोषले ग्लोबल आईएमई बैङ्कमाथि पनि कारबाही गरेको हो ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।