image
image

चन्द्रागिरि नगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ, २६ जेठ: चन्द्रागिरि नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिलाई बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनलले आज संयुक्त रुपमा उक्त अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री सहयोग गरेको हो । नगरपालिकामा आज आयोजित कार्यक्रममा बाल विकास समाजका व्यवस्थापक प्रदीप श्रेष्ठ र वल्र्डभिजनका को–अर्डिनेटर भरत तामाङले नगरपालिकाका उपप्रमुख लिशा नकर्मी र प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई हस्तान्तरण गरेका हुन् ।

विगतका वर्षमा नगरपालिकासँग सहयोग र साझेदारी गरेका उक्त संस्थाले १० अक्सिजन सिलिण्डर, २० अक्सिमिटर, २० थर्मल गन र ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको नगरपालिकाका विपद् व्यवस्थापन प्रमुख भद्रा अर्यालले जानकारी दिए ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि चन्द्रागिरिले कोरोना सङ्क्रमितको उपचारका लागि तीन अक्सिजनसहितका आइसोलेशन केन्द्र र एउटा अस्पताल सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेशन केन्द्रको आवश्यकताका आधारमा नगरपालिकामा प्राप्त स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

चन्द्रागिरिमा हालसम्म चार हजार ५८६ कोरोना सङ्क्रमित भइसकेका छन् । सोमध्ये चार हजार १४६ कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमितमध्ये ३६२ होम आइसोलेशन र १९ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चन्द्रागिरिमा हालसम्म कोरोनाका कारणले ५९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा हाल १५ वडा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।