image
image

दक्षिण कोरिया रहेका नेपालीद्वारा आविष्कार केन्द्रलाई १० अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ, २६, बुधबार । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेको हुन् । वाग्मती प्रदेश एकता समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरू माझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा १९ लाख ५१ हजार कोरियन वन सङ्कलित भएको थियो । उक्त रकममध्येबाट १० ओटा अक्सिजन सिलिन्डर खरीद गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताए । सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तान लगायतको उपस्थिति थियो । अक्सिजन सिलिन्डर खरीद पश्चात् बाँकी हुने रकम पनि कोरोना पीडितहरूकै लागि खर्च गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।