image
image

कोरियाद्वरा मुस्ताङको कुन्जो स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, २६, बुधबार । मुस्ताङ जिल्लाको थासाङ गाउँ पालिका–५ ताक्लुङमा अवस्थित कुन्जो स्वास्थ्य चौकीलाई १ लाख ३० हजार बराबरको अक्सिजन कन्सिट्रेटर्स सहयोग भएको छ ।थाक भलिबल तथा सांस्कृतिक संघ मुस्ताङकी उपाध्यक्ष सारदा शेरचनकी कान्छी बहिनीले कोरियाबाट उक्त स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

लामो समयदेखि रोजगारको सिलसिलामा कोरिया रहेकी बबिता शेरचनले करिब १ लाख २५ हजार बराबरको अक्सिजन कन्सिट्रेटर्सका साथै ५ हजार बराबरको २ थान अक्सिमिटर समेत सहयोग गरेकी छन् । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै शेरचनले उक्त स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

आफ्नो गाउँको माया अनि जनताहरुको स्वास्थ्य हितलाई ख्याल गर्दै बहिनीले उक्त सामाग्री सहयोग गरेको थाक भलिवल तथा सांस्कृतिक संघ मुस्ताङकी उपाध्यक्ष सारदा शेरचनले बताइन् ।उनले भनीन्– रोजगारको सिलसिलामा रहेर पनि गाउँको हितमा काम गर्न सकिन्छ भन्ने, यो गतिलो उदाहरण भएको शेरचनले बताइन् । शेरचनका अनुसार उक्त स्वास्थ्य सामग्री स्वर्गीय बुबा थम बहादुर शेरचन र स्वर्गीय आमा शन्त कुमारी शेरचनको सम्झनामा सहयोग गरेको बताइन् ।

उक्त स्वास्थ्य सामाग्री थासाङ गाउँ पालिकाकि उप–प्रमुख बालकुमारी शेरचन, प्रमुख प्रशासकिय अधिकृत सन्तोष खत्री, वडा अध्यक्ष सोमल हिराचन लगायत स्थानीयहरुको रोहबरमा कुन्जो स्वास्थ्य चौकीका इन्चार्ज पारस थापालाई हस्तान्तरण गरेको थासाङ गाउँ कार्यपालिका सदस्य नवीन शेरचनले जान्कारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।