image
image

भक्तपुरमा ४८ हजारले लगाए कोरोनाविरुद्धको खोप

भक्तपुर  २४ जेठ -  यहाँका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल) को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो सङ्ख्यामा खोप लगाइएको हो । 


स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुर थिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७  र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् । भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका  नगरवासीलाई खोप लगाइएको थियो ।


जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० हजार ६१३ पुगेको छ । ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला  छन् ।  ती सक्रिय सङ्क्रमितको सङ्ख्या एकहजार २५९ छन् ।  स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट २७० जनाको मृत्यु भएको छ । ती मध्ये १७४ पुरुष र ९६  महिला  छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।