image
image

कोरोना संक्रमणदर २९ प्रतिशतमा झऱ्यो; स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २४, सोमबार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणदर २९ प्रतिशतमा झरेको जनाएको छ ।केही साता अघि ४७ प्रतिशत पुगेको दैनिक संक्रमणदर घटेर २८ दशमलव ९ प्रतिशतमा झरेको हो । पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४ सय ७१ पीसीआरबाट ३ हजार २४ तथा ३ हजार २ सय ६२ एन्टिजेन परिक्षणबाट ४ सय ५५ गरि जम्मा ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधीमा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ६ सय ३६ छ ।केही साताअघि १ लाख १७ हजार नाघेको सक्रिय संक्रमितको संख्या समेत उल्लेख्य घटेर ८९ हजार २ सय १७ मा झरेको छ ।काठमाडौंमा मात्र १२ हजार ६ सय ७२, भक्तपुरमा ३ हजार ८ सय १२ तथा ललितपुरमा ४ हजार ९ सय गरि काठमाडौं उपत्यकामा २१ हजार ४ सय २७ सक्रिय संक्रमित रहेका छन् ।

आईसीयुमा १ हजार ४ यस ४२ र भेन्टिलेटरमा ३ सय ८१ जनाको उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।